


देशभरबाट ८९९ जनामा कोरोना पुष्टी, ५८८ जना डिस्चार्ज



भदौ १५, काठमाण्डौ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार चार सय ६० पुगेको छ । गएको २४ घण्टामा आठ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार एक सय १९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ९९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार चार सय १० पुगेको छ ।
अब नेपालमा १७ हजार आठ सय २२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ३७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया