


भरतपुर अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु



ई–साझाकुरा, भदौ १५
भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो
भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उहाँलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उहाँको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।
योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् ।


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया