

थप २२ प्रहरीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

ई–साझाकुरा, साउन ३१
सप्तरीमा थप २२ जना प्रहरीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा कोरोना सङ्क्रमितको संख्या ६ सय ६५ पुगेको छ । प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश नं. २ जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत २२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
तालिम केन्द्रका ३५ जनाको स्वाब परीक्षणको रिपोर्टमा उनीहरुको रिपोट पोजेटिभ आएको उहाँको भनाइ छ । यसअघि १२ जना प्रहरीमा कोरोना सङक्रमण पुष्ट भएको थियो ।
गएको असार ८ गतेदेखि नै सप्तरीमा निषेधाज्ञा जारी गरिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया