

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउन हुदैन : भट्ट


साउन १५, काठमाडौं , उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पारेका छन्। ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छु, उनले भने, ुपार्टी भनेको सबै हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिनँ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँचै वर्ष निरन्तरता दिएर इतिहास रच्नुपर्ने बताए। उनले यसो गरेमा देशमा अस्थिरताको ‘ब्रेक(थ्रु’ हुने पनि उल्लेख गरेका छन्। उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै हल हुने पनि विश्वास दिलाए। सबैजना सहमतिमा आउने उनले दोहोर्याए। ुसबै एकै ठाउँमा आउनुहुन्छ र, सहमति हुन्छ। सहमतिको विकल्प छैन,’ उनले भने, ‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो।’ नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने बताए। उनले सहमतिको विकल्प नभएको जिकिर गरे। यद्यपि उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए। ‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौँ,’ उनले भने। वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धि जनतासमक्ष लगिने पनि उनले बताए।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया