

कांग्रेसको देश व्यापि बिरोध प्रर्दशन आज,तयारी तिव्र



राजेन्द्र खनाल
मंसिर २९ कपिलवस्तु ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार ७७ वटै जिल्ला कार्यसमितिहरु आज देशभर सरकारको विरोध स्वरुप प्रर्दशनमा उत्रदै छन् । वर्तमान सरकारले गलत कामलाई मात्र प्रश्र्यय दिएको भन्दै सरकारको बिरोध स्वरुप मंसिर २९ गते देशव्यापि बिरोधको कार्यक्रम नेपाली कांग्रेसले घोषणा गरको हो ।

कांग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्यका अनुसार कपिलवस्तुका तीन वटै निर्वाचन क्षेत्र,पार्टीका सबै तहका पदाधिकारी तथा भातृसंगठनहरु विरोध कार्यक्रममा सहभागी हुने छन् । सभापति आचार्यले पार्टीको निर्देशनअनुसार सर्वसत्ताबादी सरकारको बिरुद्धमा कपिलवस्तुमा बृहत् बिरोध प्रदर्शन गर्ने बताए । जिल्ला सदरमुकाम तौलिहवामा नगर परिक्रमा गरी जुलुस तथा सभा गर्ने तयारी कांग्रेसको छ । विरोध सभा आज बिहान ११ बजे देखि सुरु हुने छ भने यसका लागि कांग्रेसका टोल समिति देखि जिल्ला कार्यसमिति सक्रिय बनेका छन् ।

सबै तहका पदाधिकारीलाई अनिवार्य विरोधमा सहभागि हने कांग्रेसले उर्दी जारी गरेको छ । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।
खासगरी तनहुँमा पुलको उद्घाटन गर्न जाने क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले सरकारबिरुद्ध सडकमा उत्रिन े घोषणा गरेको हो ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया