

कपिलवस्तुमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो



सागर पौडेल ।
कपिलवस्तुमा आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार बिबिध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा मानव अधिकार महाभेला जिल्ला समन्वय समितिको आयोजना तथा मानव अधिकार एलाइन्स कपिलवस्तु र शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल लगायत करिव एक दर्जन संस्थाको सहकार्यमा ‘कोरोना महामारीमा मानव अधिकारको अवस्था र कार्यन्वयन र चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष तथा मानव अधिकार महाभेला लुम्बिनी प्रदेश संयोजक पोमनारायण पौडेलले मानव अधिकार प्रति राजनीतिक दलको अहम भूमिका रहने हुनाले मानव अधिकार हनन् गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण गर्नु अपराध हुने बताउनु भएको छ । मानव अधिकार गर्भ देखी चिहान सम्म हुने हुनाले यसमा सबै संवेदनशिल हुनुपर्नेमा उनले जोड दिनुभएको छ ।
नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मानव अधिकारको संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताएका छन् । अहिले सबैभन्दा बढी सुधार गर्नु पर्ने न्यायलय रहेको हुनाले सो बाट हुने सेवा प्रवाहलाई प्रभावकारी र बिश्वसनिय बनाउनुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेसका जिल्ला सदस्य रबि बहादुर काफ्लले परिवर्तन आफैबाट सुरु गर्नुपर्ने भएकाले मानव अधिकार संरक्षणका लागि आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिद्धार्थ क्याम्पसमा पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले आत्मज्ञान नभएका व्यक्तिहरुले मानव अधिकार उल्लंघन गरेकाले सबैले विवेकपुर्ण व्यवहार गर्न सके समृद्ध समाज बन्न सक्ने बताउनु भएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक दिनेश गुरुङले स्वेच्छाचारी पक्राउलाई कानुनले निषेध गरेको हुनाले प्रहरीको परिचालन गर्दा व्यक्तिको अधिकार हनन नहुने गरी परिचालन गरिने बताउनु भएको छ। साथै अपराधमा राजनितिकरण र राजनितिमा अपराधीकरण हुन नहुने कुरामा जोड दिनुभएको छ । ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी अम्बिका पौडेल, मानव अधिकार समुहकी अध्यक्ष इन्दिरा भट्टराई, इन्सेक प्रतिनिधी पार्वती आचार्य, सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व कोषाध्यक्ष तिलोचन घिमिरे, सदस्य चेतना अधिकारी, रेडियो हर्टबिटका निबर्तमान अध्यक्ष कृष्ण भट्टराई, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने, दिलबहादुर कार्की, सिद्धार्थ क्याम्पसका प्रध्यापक गोविन्द खनाल, बा.न.पा.वडा नं. ४ की महिला वडा सदस्य इन्दिरा पन्त लगायतले आफ्ना धारणा राख्नुभएको छ ।
कार्यक्रममा मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले संस्थाले हाल सम्म गरेका गतिबिधिबारे जानकारी गराएका थिए । मानव अधिकार एलाइन्स कपिलवस्तु , शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,सिद्धार्थ सामाजिक विकास केन्द्र, नेपाल पत्रकार महासंघ,कपिलवस्तु, गैसस कपिलवस्तु,नेपाल युवा संस्था संजाल, शान्तिका लागी नागरिक सञ्जाल,नेपाल बार यशोसियसन,कालिका स्वावलम्बन सामाजिक केन्द्र,माहुरी होम,अपांग उत्थान समाज,नेपाल मानव अधिकार संगठन, दलित मानव अधिकार निगरानी समुह, मानव अधिकार तथा शान्ति समाज नेपाल,घरघरमा किताव तथा आत्मनिर्भर विकास संस्था लगायतको सहकार्य रहेको कार्यक्रम मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षता ,मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका अध्यक्ष गोबिन्दराज पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
यसै क्रममा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले बाणगंगाको चार नम्बर जीतपुर चोकमा बिहीबार प्लेकार्ड सहित प्रदर्शन गरेको छ । चार नम्बर जीतपुर चोकमा अधिकारकर्मीहरुले ४५ मिनेटसम्म प्रदर्शन गरेका हुन् ।आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैन भन्ने मूल नारासहित कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले ‘युद्ध रोकौँ, शान्ति प्रवद्र्धन गरौँ,’ ‘युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,’ ‘युद्ध निषेध, शान्ति विशेष’, ‘आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाईदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया