

लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षमा ८८४ बलात्कारका घटना



मंसिर २१ दाङ ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पछिल्लो तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको हाल सम्म सबैभन्दा बढी रुपन्देही जिल्लामा बलत्कारका घटना भएको पाईएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशभर सो समयका कुल ८ सय ८४ वटा बलात्कारका घटना प्रहरीकहाँ दर्ता भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन भइरहेका बेला प्रदेश प्रहरीले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । त्यस मध्ये सबैभन्दा बढी रुपन्देहीमा १६५ वटा बलत्कारका घटना भएको पाईएको छ ।
प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार रुपन्देही पछि दोस्रोमा सबैभन्दा बढी दाङमा बलत्कारका घटना भएका छन् । दाङमा १४७ घटना प्रहरीमा दर्ता भएका छन् भने तेस्रोमा बाँके परेको छ । बाँकेमा १४० वटा बलात्कारका घटना दर्ता भएका छन् ।
त्यस्तै चालु आर्थिक बर्ष २०७७र०७८ को पछिल्लो ७ महिनामा १२ जिल्ला मध्ये रुपन्देहीमा ३१, दाङमा २९, बाँकेमा २१, कपिलवस्तुमा १८ वटा बलत्कारका घटना प्रहरी समक्ष दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार नवलपरासी पश्चिममा ११, पाल्पामा ११, बर्दियामा १०, प्युठानमा ७, रोल्पामा ५, मुल्मीमा ९, रुकुम पूर्वमा २ र अर्घखाँचीमा २ वटा घटना दर्ता भएका छन ।
त्यसैगरी बलात्कार प्रयासका घटना प्रदेशभर २सय ७५ वटा भएको प्रहरीले जनाएको छ ।
यता लुम्बिन प्रदेशको नेतृत्व गरेको लुम्बिनी प्रदेश प्रहरीले बलात्कारका घटना न्युनिकरणका लागि १२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय र प्रहरी युनिटहरुले सचेतनामुलक कार्यक्रमहरु गरिरहेको बताएको छ । बलात्कारका अधिकांस घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफन्तकै संलग्नता रहेकाले पनि यसको न्युनिकरणमा ठुलो समस्या आएको वरिष्ट प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । अपराध नलुकाउन आग्रह गर्दै उनले न्याय नपाउँदासम्म आफन्तबाट पीडित भएकाहरुलाई सुरक्षित राख्न सक्ने व्यवस्था राज्यले गर्न आवश्यक रहेको बताएका छन् ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया