

सरकारको सर्वसत्तावादविरुद्व नेपाली काँग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांँग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकपछि बरिष्ठ नेता पौडेलले राज्यले दमककारी र राज्य सर्वसत्ताबादतर्फ जान लागेको भन्दै कांग्रेसले विरोध गर्न लागेको बताउनुभयो ।
पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने र आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको उहाले बताउनुभयो । पौडेलले सरकारलाई सचेत गराउन एकदिने बिरोध कार्यक्रम राखिएको जानकारी पनि दिनुभयो ।पौडेलले सरकारमा रहेका बेला देशलाई कम्युनिष्ट चरित्रमा लैजानुपर्छ भन्ने मानसिकताबाट सरकार अघि बढेको भन्दै यसको पहिलो चरण तनहुँमा देखिएको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको भन्दै पौडेलले ओलीलाई व्यवाहारले आफू लोकतन्त्रबादी भएको पुष्टि गर्न चुनौती दिनुभयो ।



खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया