
सासंद कमालको पहलमा पिपरा अस्पताललाई ११ लाख बढिको स्वास्थ्य उपकरण प्रदान

नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानको पहलमा कपिलवस्तुको वाणगंगा २ मा रहेको पिपरा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग प्रदान भएको छ । सासंद कमालको पहलमा कतार च्यारिटिको आर्थिक सहयोगमा पिपरा अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको हो । अस्पताललाई ११ लाख बढिको उपकरण हस्तान्त्रण गरिएको हो ।
युएस जि मेसिन, हस्पीटल बेड, पेसेन्ट ट्रली, विल चीयर लगायतका उपकरणहरु अस्पताललाई हस्तान्त्रण गरिएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद कमालले यस क्षेत्रका सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले सामग्री प्रदान गरिएकोले सामग्रीको सदुपयोग गर्न आग्रह गरेका थिए । उनले अब यहाँका स्थानीय टाढा टाढा अस्पताल जाने समस्याको अन्त्य भएको बताए ।
सो अवसरमा स्वास्थ्य उपकरण प्रदान गर्न लागी पहल गरेको भन्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डांगी कतार च्यारिटिका राष्ट्रीय ब्यवस्थापक ईरसाद सेख लगायतले आआफनो धारणा राखेका थिए ।कार्यक्रममा वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेल, लुम्बिनी एकिकृत बिकास सस्था (लिडो) का कपिलवस्तु संयोजक सुनिता बेल्बासे, बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसि, पिपरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जीता महत्तो लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया