

प्रशासनले रोक लगाउदा पनि रोकिएन लक्ष्मणघाटमा भक्तजनको भिड


ई-साझाकुरा १५, कपिलवस्तु
कपिलवस्तु जिल्लामा कोरोनाको जोखिम रहेको भन्दै कपिलवस्तु जिल्ला प्रशासनले कुनै पनि किसिमका भेला अायोजना गर्न रोक लगाएको छ । तर जिल्लाको धार्मिक स्थलको रुपमा रहेको लक्ष्मणघाटमा भने कार्तिक पुर्णिामा मा लाग्ने मेला प्रशासनको अादेश पालना नगरी भिडभाड बढेको ई-साझाकुरा संवाददाता सागर पौडेलले बताएका छन् ।
प्रशासनले मेला लगाउन रोक लगाएता पनि लक्ष्मणघाटमा भने बिहानै देखि भक्तजनको भिड लागेको छ ।
उक्त प्रशासनले जारी गरेको विज्ञप्तिमा भने मेला अायोजना गर्न नगराउन अादेश दिएको थियो । अहिले त्यस क्षेत्रमा केही बजार पनि लागेको छ भने मेला भन्दै अाउने दर्शनका लागि अाउने दर्शनार्थीहरु अाउने क्रम बढ्दै गरेको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया