

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु



दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
जोहानेसबर्गनजिकै शनिबार साँझ एक मदिरालयमा आठ जना बन्दुकधारीले गोली चलाउँदा १७ जनाको मृत्यु र १५ जना घाइते भएका छन् ।
त्यस्तै, केप टाउननजिकै आइतबार बिहान मनोरञ्जनस्थलबाहिर भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
दुवै घटनामा गोली चलाउनुको कारण खुलेको छैन र आइतबार बिहानसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
दक्षिण अफ्रिकामा गैरकानुनी हतियार तथा समूहगत हिंसाका कारण गोलीकाण्ड र हत्याका घटना लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन् ।









प्रतिक्रिया