

म्याराथनको उपाधि सशस्त्रका गोपीचन्द्रलाई

मंसिर ६, नेपालगञ्ज।
यसपटक नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले हात पारेका छन् । शनिबार सम्पन्न छैटौं नेपालगन्ज म्याराथनको प्रतिस्पर्धामा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेर पार्की पहिलो भएका हुन् ।
पार्की १३ औं सागका स्वर्णपदक विजेता पनि हुन् । नेपालगन्ज म्याराथनमा प्रथम भएका पार्की जापानको टोकियोमा हुने ओलम्पिकमा सहभागी हुनेछन् । त्यसैगरी नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए ।पहिलो भएसंगै गोपीले ७५ हजार रुपैयाँ हात पारे । दोस्रो भएके बस्नेतले ३० हजार तथा तेस्रो भएका आर्मीकै खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली शशस्त्रकी पुष्पा भण्डारीले हात पारेकी छन् । पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् ।
१३ औं सागमा पुष्पाले रजत पदक जितेकी थिइन । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरिन् । मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया