

होबार्ट हुरिकेन्सबाट बीबीएल खेल्ने लामिछाने



मंसिर ४, ई–साझाकुरा
नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) काे दशाैँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।
होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हाे । यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् र हाेबार्ट उनकाे दाेस्राे टिम हाे । सन्दीपले यस अघि बीबीएलकाे दुई सिजन खेल्दा २० खेलमा २६ विकेट लिएका छन्।
सन्दीपले हाेबार्टबाट खेल्न पाउनु सम्मान भएकाे बताएका छन् । ‘बीबीएल १० को लागि होबार्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको छु । अष्ट्रेलियामा मैले सधैँ माया र सम्मान पाएको छु,’ सम्झौतापछि २० वर्षे सन्दीपले भनेका छन्, ‘म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि थप कुर्न सक्दिनँ ।’
होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए । ‘हामी देखेका छौँ कि सन्दीपले रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्न सक्छन् । इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्छन् । उनी एक विकेट टेकर हुन् जसले हाम्रो बलिङमा अर्को आयाम थप्नेछ,’ उनले भनेका छन् ।
बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ । यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् । यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो ।
सन्दीपसँगै टी २० का नम्बर वान ब्याट्सम्यान डेविड मालानले पनि हाेबार्टबाट खेल्नेछन् । यस्तै वेष्ट ईन्डिजका अलराउण्डर किमाे पउल पनि हाेबार्टमा अनुबन्धित भएका छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया