

रेडियो वाणगंगाको निर्माणाधिन भवनमा चोरी




मंसिर ३ , ई–साझाकुरा
कपिलमुनि सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगाको निर्माणाधिन भवनमा गयराती चोरी भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाईमा निर्माण कार्य भईरहेको रेडियोको भवनबाट करिब ५० हजार बढी मुल्यका दुईवटा झ्याल चोरी भएको रेडियोका स्टेशन म्यानेजर गणेश पोख्रेलले बताउनुभयो ।

तिहारका बेला निर्माण कार्य स्थगित गरिएको समयको मौका छोपी चोरको गिरोहले ढोकाको चाँबी तोडेर भवन भित्र फिटिङका लागि राखिएका दुईवटा झ्याल चोरी गरेका हुन । यस अघि पनि सोही भवनमा जडान गरिएको पानी तान्ने मोटर समेत चोरी भएको स्टेशन म्यानेजर पोख्रेलले बताउनुभयो । घटनाबारे प्रहरीलाई जानकारी गराईएको उहाँले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया