

नेपालमा ५०२ जना कोरोना सङ्क्रमित थपिए


मंसिर २, काठमाण्डौ ।
गएको २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको पुष्टि भएको छ।
३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । यस्तै गएको २४ घण्टामा २ हजार ८ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । आज देशभर ३० हजार ९ सय ८६ जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै, २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ । गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २ सय ८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसहित काठमाण्डौ उपत्यकामा सङ्क्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ। गएको २४ घण्टामा देशभर नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया