

काठमाडौंलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको दोस्रो क्वालिफायरमा



काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।
काठमाडौँ गोर्खाजले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ३३ रन बनाए भने सन्दीप जोराले २३ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । त्यस्तै निरोशान डिकवेलाले १४ रन बनाएका थिए ।
त्यसैगरी काठमाडौँका बलर सन्तोष यादवले २ विकेट लिए भने करण केसी, सन्नी पटेल, शाहाब आलम र राशिद खानले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.१ ओभरमा अल आउट हुदै १११ रन मात्र बनाएको थियो ।
काठमाडौँका लागि सन्तोष यादवले सर्बाधिक २३ रन बनाएका थिए भने जोन सिम्पसन र मोहमद आदील आलमले १८-१८ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले १४ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यानले २ र अभिषेश गौतमले एक विकेट लिएका थिए ।
योसँगै इलिमिनेटरको विजेता लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने भएको छ भने पराजित हुने टिम काठमाडौँ गोर्खाजको यस सिजनको एनपीएल यात्रा समाप्त भएको छ । अब लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोली खेल्ने छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया