

विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम





काठमाडौं । सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनको फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा अलआउट हुँदै ७८ रनमा रोकियो ।सुदूरपश्चिमका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । साम हिजलेट डकआउट हुँदा मार्टिन गप्टिलले २ रन मात्र बनाउन सके । नरेन भट्ट डकआउट हुँदा बासिर अहमदको नाममा १२ रन रह्यो ।
छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बम ५ रन बनाएर आउट हुन पुगे । उनी यसअघिका खेलमा ओपनिङमा आउँथे ।नारायण जोशीले १ रन बनाउँदा प्रतिश जिसीले ३, मर्चेन्ट डे लाङ्गेले १५ रन जोडे । कप्तान सन्दीप लामिछानेको ३ नाममा रह्यो ।
सुदूरपश्चिमका लागि अभिनाश बोहरा, स्कट कुगेलेइजन र हर्मित सिंहले दुई-दुई विकेट लिए । हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले पूरा २० ओभर खेलेर ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकी पारी खेले । उनले ५२ बलमा ३ चौका र २ छक्कासहित ६३ रन जोडे ।
अर्का ओपनर मुख्तार अहमद १० रनमै आउट हुँदा शेल्डन ज्याक्सनले २० रन जोडे । इशान पाण्डेले १३ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरी रन आउट हुन पुगे । उनले ३ रन मात्रै जोड्न सके ।
हर्मित सिंहले १४ रन बनाउँदा सातौँ नम्बरमा ब्याटिङ गर्न आएका आरिस शेखले २० रन जोडे ।
विराटनगरका लागि मर्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले दुई-दुई विकेट लिँदा साम हिजलेट र सूर्य तामाङले एक-एक विकेट लिए । कप्तान सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । चार ओभर बलिङ गरेका लामिछाने १६ रन मात्रै खर्चिए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया