

इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु



इन्डोनेसियाको जकार्तामा मंगलबार एक सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । जसमध्ये १५ जना महिला रहेका छन् ।
प्रहरीका अनुसार, आगो पहिलो तलामा विस्फोट भएको ड्रोनको ब्याट्रीबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ, जसले माथिल्ला तलाहरूमा फैलियो ।
सेन्ट्रल जकार्ता प्रहरी प्रमुख सुसात्यो पुर्नोमो कोंद्रोले पत्रकारहरूसँग भने, ‘आगलागीको सही कारण फोरेन्सिक प्रयोगशालाले अझै अनुसन्धान गरिरहेको छ । हामी यस घटनाको पूर्ण रूपमा अनुसन्धानमा प्रतिबद्ध छौं ।’
एक प्रत्यक्षदर्शीले बताए अनुसार आगो खाना खाने समयमा सुरू भएको थियो र दमकल टोली पुग्दा आगो पहिले नै ठूलो भएको थियो ।
जकार्ता दमकल विभागले कम्तीमा १०० दमकलकर्मी र २९ वटा दमकल गाडी परिचालन गरेर आगो निभाएको थियो । प्रहरीका अनुसार भवन खाली गराउँदा स्थानीय एक प्रहरी कमाण्डर घाइते भएका छन् ।
घटनास्थलमा हेर्दा अधिकांश मृतकहरूमा सम्भवतः धुवाँमा सास फेर्न नसक्दा मृत्यु भएको देखिने घटनास्थलमा पुगेका अधिकारीहरुले बताएका छन् । आगलागीमा क्षतिग्रस्त भवनको बाहिरी भाग कालो भएको छ र केही झ्याल फुटेका छन् । भवन कृषि ड्रोन सेवा कम्पनीले प्रयोग गर्दै आएको थियो । दमकलकर्मीहरूले ठूलो पंखा प्रयोग गरेर भवन चिसो पारेका थिए ।
प्रहरीले सबै साक्षी, व्यवसायी र भवन मालिकसँग सोधपुछ गर्दैछ । अनुसन्धानले आगलागी लापरबाहीका कारण भएको हो कि अन्य कुनै जिम्मेवार पक्षसँग सम्बन्धित छ भनी जाँच गर्नेछ ।
सन् २०२३ मा देशको पूर्वी भागमा निकल प्रशोधन कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया