

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण



गुल्मी र स्याङ्जा जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको एक दशकभन्दा बढी हुँदा पनि जीर्ण पुलबाटै जोखिम मोलेरै यात्रा गर्न यहाँका सवारी चालक र यात्रु बाध्य बनेका छन् । जहाँ नयाँ पुल निर्माणको चर्चा भए पनि चर्चामा मात्रै सीमित भएको छ ।
गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी र लुम्बिनी प्रदेशको गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर १ हर्मिचौर जोडने रेप्कामा रहेको मोटरेबल पुल २०५२ सालमा निमार्ण गरिएको थियो । कालीगण्डकी जलविद्युत परियोजना ए निर्माणको क्रममा हर्मिचौर र मिर्मीलाई जोडने गरी कालीगण्डकी नदिको रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको पुल एक दशकदेखि जीर्ण बन्दै गएको छ ।
कालीगण्डकी नदीले पुलको पिलरहरुमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र पोखरादेखि गुल्मीको पुर्तिघाट र बाग्लुङसम्म जाने सवारी साधनहरुले सो पुलको प्रयोग गर्दै आएका छन् । पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवालाले नयाँ पुल बनाउन पहल कदमी नलिएको सवारी धनीहरु र स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
सवारी चालक रामु पाण्डेले जुन सुकै समयमा पनि पुल भत्किन सक्ने भन्र्दै हजारौं जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएकोे गुनासो गर्नुभयो ।
सो पुलहुँदै जोखिम मोलेरै यात्रा गर्नुको विकल्प नरहेकाले मुटु दरिलो बनाएर मात्रै यात्रा गर्ने गरेको सवारी चालकहरुले बताउँदै आएका छन् । वर्षौदेखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको यहाँका स्थानीयहरुले जनाएका छन् । अर्का सवारी चालक गगन तरामुले आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरुमा र नेताहरुको पहुँचको आधारमा खोला नै नभएका ठाँउहरुमा पुल निर्माण गर्ने प्रचलन हुनुले पनि समस्या भएको बताउनुभयो । कालीगण्डकी १ हर्मिचौरका स्थानीय मुक्तिप्रसाद पाण्डेले यस स्थानमा नयाँ पुल निमार्ण गर्नका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण बन्दै गएको मोटरेबल पुलको ठाउँमा नयाँ पुल निमार्णका लागि स्थानीय सरकारको पहल गरे पनि केन्द्रमा पहुँच नपुगेका कारण परिणम देखिन नसकेको बताउनुभयो । आफू निर्वाचित भएदेखिनै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि सडक विभागमा धाइरहँदा पनि पुल निर्माणको कार्यले सार्थकता पाउँन नसकेको उहाँको भनाइ छ ।
यता कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले नयाँ पुल निर्माणका लागि आफूले केन्द्रमा पहल गर्दै आएको बताउनुभएको छ । गत वर्ष गण्डकी प्रदेशबाट उक्त पुल मर्मतका लागि बजेटको व्यवस्था भए पनि प्राविधिकले यस स्थानमा मर्मतभन्दा नयाँ पुल नै उत्तम हुने भनेर प्रतिवेदन दिएपछि मर्मत पनि हुन नसकेकको थापाले बताउनुभयो ।
-यो समाचार गोरखा पत्रमा पत्रकार तिलाचन पाण्डेले लेखेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया