

वनको बजेट, विद्यार्थीमा खुसी : कोइलीचौर सामुदायिक वनद्धारा विद्यार्थीहरुलाई ‘पोशाक’ वितरण





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामुदायिक वन उपोभक्ता समुहले पोशाक वितरण गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइलीचौर सना किसान सामुदायिक वन उपाभोक्ता समुहले सोही वडाको भर्तापुर आधारभूत विद्यालयमा अध्ययनत सबै विद्यार्थीहरुका लागि निःशुल्क विद्यालय पोशाक (टिसर्ट) एक कार्यक्रमका बिच आइतबार वितरण गरेको हो ।
सामुदायिक वन उपभोक्ता समुहको गरिबी न्यूनिकरण कार्यक्रम अन्तरगत लक्षित वर्गका लागि विनियोजित बजेटबाट भर्तापुर आधारभूत विद्यालयको कक्षा बालविकासदेखि ८ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुन्तामणी भुसालले जानकारी दिनुभएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले वडा भित्रका विद्यालयहरुको विकास र विद्यार्थीहरुको शैक्षिक गतिविधिमा सहयोगी भुमिका खेलिरहेका यहाँका सामुदायिक वनहरुलाई धन्यवाद दिनुभयो । उहाँले सामुदायिक वनहरुले वनको बजेटबाट विद्यालयहरुमा अक्ष्यकोष स्थापना, छात्रवृत्ति वितरण, भौतिक संरचना निर्माणमा सहयोग र विद्यार्थीहरुलाई शैक्षिक सामग्री जस्ता विभिन्न कार्यक्रम गर्नु धेरै राम्रो काम भएको बताउनुभयो । सामुदायिक वनहरुको बजेटले समेट्न सकेसम्म विद्यालयहरुमा कार्यरत निजिस्रोत शिक्षकको व्यवस्थापन पनि गर्न सके त्यसको सन्देश पनि राम्रो हुने र विद्यालयहरुलाई पनि सहज हुने उहाँको भनाई थियो ।

कार्यक्रममा भर्तापुर आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोपाल गिरीले सामुदायिक वनले विद्यालयको विकास र बालबालिकाको पठनपाठनमा गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वनका गरिबी न्युनिकरणका कार्यक्रमले समुदायका विपन्न वर्गका नागरिकहरुलाई थोरै भए पनि आर्थिक भारमा सहजता थपेको बताउनुभयो । उहाँले यहाँका वन उपभोक्ता सदस्यका बालबालिकाहरुलाई पनि गाउँकै विद्यालयमा अध्ययन गर्ने वातावरण तयार पार्न सबैको सहयोग आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुन्तामणी भुसालको अध्यक्षतासहित वडा अध्यक्ष पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विद्यालयका पुर्व विव्यस अध्यक्ष हरिबहादुर खनाल, शिव पार्वती मन्दिर आमा समुहका अध्यक्ष सरस्वती थापा, भर्तापुर आधारभूत विद्यालयका प्रधानाध्यापक कमला बि.कसहित सामुदायिक वनका पदाधिकारीहरु, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी, विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो । विद्यालयका प्रअ कमला बि.क को स्वागत मन्तव्य र शिक्षक विष्णु पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कोइली चौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले विद्यालयमा अध्ययनत १५० विद्यार्थीहरुलाई विद्यालयको नाम र सामुदायिक वनको चिन्ह(लोगो) अंकित पोशाक वितरण गरेको हो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया