

एनपिएल : आज दुई खेल हुँदै



काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ।
रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ। तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ। यो टोलीले ६ अङ्क बटुलेको छ।
अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन्। यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया