

पश्चिमी वायुको प्रभाव : हल्का बर्षा र हिमपातको सम्भावना



ई–साझाकुरा, कार्तिक ३०
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। हाल देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
महाशाखाबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘ सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।’
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का बर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया