बाली थन्काउने बेलामा खेतको धान वर्षाले भिज्दा कृषकहरू चिन्तामा


बर्दिया । बर्दिया लगायत आसपासका क्षेत्रमा पानी परेपछि बाली थन्काउने बेलामा खेतमा धान भिजेको छ । काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित देखिएका छन् ।

मोटा र सुख्खा खेतमा चाडाे पाक्ने धान कृषकहरूले करिब करिब भित्र्याएपनि गहिरो खेतमा ढिलो पाक्ने धानहरू भने खेतमै भिजेको छ । विउ र मलको अभावका बिचमा पनि धान उत्पादन गरेका किसानहरूकाे बाली भित्र्याउने समयमा धान भिजेको हाे ।

धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका वडा ७ प्रगतीबजारकी कृषक शान्ती अधिकारीले बताइन् । उनले भने, ‘पानी पर्दैन होला भनेर धान काटियो अहिले काटेर सुकाएको निहिन मै धान भिजेको छ लगातार पानी पर्यो भने धान खेतमै उम्रन्छ होला ।’

विशेषगरि मध्यम र मसिनो धान ढिलो पाक्ने गदर्छ । अहिले काटिरहेको र काट्न तयार भएको धान मध्यम र मसिनो धान हो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सुचना अधिकारीका अनुसार अझैपनि बर्दियामा ३५ प्रतिशत धान भित्र्याउन बाँकी रहेको छ । केही धान कटान गरेर निहिनमा सुकाईएको उनले बताइन् ।

प्रतिक्रिया

खबर सबै