

हेल्प फर हेप्पिनेस संयाेजक क्षेत्रीले गरे बालगृहमा स्विटर वितरण


कात्तिक २९,कपिलवस्तु । हेल्प फर हप्पिनेस कपिलवस्तुका कार्यक्रम संयोजक जनक क्षेत्रीले कपिलवस्तु बाल मन्दिरका २९ जना बालबालिकाहरुलाई स्वीटर वितरण गरेका छन् । सामाजिक कार्यबाट कपिलवस्तुमा एउटा छुट्टै पहिचान बनाउन सफल संस्था हेल्प फर ह्यापिनेसले गत साउन १५ को अवसर पारेर सो आश्रममा खिर खुवाउने कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा बेला आफू फेरि बालबालिकालाई केही सहयोग गर्न प्रतिवद्धता जनाएको र आफ्नो जन्मदिनको अवसर पारेर कार्यक्रम गरेको क्षेत्रीले बताउछन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा कपिलवस्तु बाल संघठनका अध्यक्ष गोपाल मनी गेवली, विशिष्ठ अतिथिको रूपमा सोही संस्थाका सञ्चालक राम प्रसाद अर्याल रहेका थिए भने कार्यक्रममा सौजन रेग्मी, कुशल ठकुरी, यथार्थ रेग्मीको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रम हेल्प फर हाप्पिनेसका सह सचिव विशाल अधिकारीले सञ्चालन गरेका थिए ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया