
सीके राउतले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका अध्यक्ष देवराज घिमिरेलाई पत्र पठाएर उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
अध्यक्ष राउत बाहिर रहेका कारण इमेलमार्फत् राजीनामा दिइएको उनको सचिवालयले जनाएको छ ।
देशको वर्तमान आन्दोलन र अवस्थालाई ‘नौलो गणतन्त्र’ले मात्र सम्बोधन गर्न सक्ने आस्थाका साथ आफूले पदबाट राजीनामा दिएको राउतले राजीनामा पत्रमा लेखेका छन् ।
‘पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि आफूले पदको लालच नराखेको र जनतासँग उभिएको र जनतासँगै उभिने स्मरण समेत गराउन चाहन्छु,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया