दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौंको अघिल्लो आदेश उल्टाउँदै उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

तीनकुने कुटपिट घटनामा अदालतले प्रसाईँसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यसैगरी, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सो मुद्दामा प्रसाईंमाथि १८ करोड ४४ लाख रुपैयाँ बराबरको बिगो लागेको थियो ।

प्रतिक्रिया

खबर सबै