

राष्ट्रिय जनगणनाका लागि ४३ हजार गणक घरघरमा पुग्दै



कार्तिक २४ काठमाडौं ।
सरकारले नेपालमा करीव ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने र जनसंख्या ३ करोड नाघ्नेछ ।
राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या ३ करोड १ लाख ४२ हजार २ सय ६६ रहेको छ । जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६र७७ बाटै शुरु गरिएको थियो । चालु आवमा भने सक्ने लक्ष्य छ । विभागले २०७८ सालको जेठ २५ देखि असार ८ गतेसम्म हरेक घरमा पुगेर जनगणना गर्नेछ ।
जनगणनाका दौरान देशभर ४३ हजार गणकले घरघरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । उनीहरुको समन्वयका लागि ९ हजार सुपरीवेक्षक कर्मचारी खटाउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
जनगणनाको कामलाई सहजीकरण र व्यवस्थित गर्न केन्द्रदेखि वडास्तरसम्म विभिन्न समिति बन्नेछन् । निर्देशक समिति, समन्वय समिति, प्राविधिक समिति, विषयगत समिति, प्रदेश समिति, स्थानीय तहस्तरीय समिति र वडास्तरीय सहजीकरण समितिसमेत बन्ने भएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया