

तल्लो भर्याङखोला पुल जिर्ण अवस्थामा, सम्बन्धित निकायले मर्मत संभारमा चासो नदेखाएको स्थानिएको गुनासो,



कार्तिक २४, रमन वन सोलुखुम्बु
सोलुखुम्बुको थुलुङ दुधकोसी गाउपालिका ४ र ५ लाई एकीकृत गराउदै आएको तल्लो भर्याङ्खोला झोलुङे पुल जिर्ण बन्दै गएको छ ।
लामो समयदेखी छिमेकी जिल्ला खोटाङ्को एसेलुखर्क बजार देखि नेले बजार हुँदै सोलुखुम्बुको सदरमुकाम सल्लेरी र सल्लेरी हुँदै ऐसेलुखर्कसम्म हिड्डुल गर्नलाई सहज भएको पुल जिर्ण अवस्थामा पुगेको हो।

कोसिपारीको क्षेत्रहरु देउसा, मुक्ली , नेले हुँदै सदरमुकाम सल्लेरिसम्म पुग्न सकिने गरेको पुलको अवस्था हाल निकै नै दयानिय बनेको स्थानियको गुनासो छ।
हाल गाउँपालिका सम्म जाने केन्द्रबिन्दुको रुपमा यो पुल ४ नम्बर वडाको महत्त्वपुर्ण बाटोमा पर्छ।
वि.स.२०५५ सालमा निर्माण गरिएको पुलको जिप एकातिरको राम्चे तर्फ र अर्कातिरको जिप सिर्वानितर्फ रहेको छ ।
सो स्थानका स्थानीयले पुल नहुदाँ भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै पुल निर्माण गरिएको बताईएको स्थानियको भनाई रहेको छ ।
पुल निर्माण भएसगँैँ पुलमा मानिसमात्र नभएर पशुचौपाय सम्म वारपार गराउन भरपुर उपयोगमा आउने पुलमा हाल मान्छे सम्म हिन्न नसकिने भएको छ ।
शिक्षा, स्वास्थ्यलगायत यातायातको सम्म पुर्णभार बोक्तै आएको पुलको पाट्पुर्जा पुरानो भएसङ्गै हाल स्टामेट गरेर बनाइएको भन्दा १ देखि २ फिट लच्किएर तल झरेको प्रत्यक्ष दर्शिहरु बताउछ्न ।
पुल अत्यन्त नाजुक अबस्थामा पुगेको भए पनि स्थानिय बासिको जिबनको अङ्ग बनेकाले बाध्यतानै भएको कारण ज्यान धरापमा राखेर हिड्डुल गर्नु परेको जुबु राम्चेका एक स्थानिय ज्ञान बहादुर पुरिले बताउनुभयो ।
थुलुङ दुधकोसी गाउपालिकाका मुक्ली ,देउसा र जुबु टोलहरुको तल्लो भेगको बिद्यार्थी जुबु ४ मा रहेको श्री जनकल्यान माध्यमिक बिध्यालयमा पढ्न आउने गरेका छन।
सो स्थानका विद्यार्थीहरु बर्सेनि ५० देखि १५० को हाराहारिमा उक्त पुल भएर आउने हुदा पुल जिर्ण भएसङ्गै उनिहरुको शिक्षामा बाधा पर्ने देखिन्छ।
पुल जिर्ण भएकै कारण साना उमेरको बिध्यार्थी हिंड्न डराउने गरेको ठुला विद्यार्थीको भनाइ छ।
पुल पुरानो भैइ नाजुक अबस्थामा पुग्दा पनि कुनै पनि सरोकारवाला निकायको नजर पुगेको छैन् ।
गाउँ गाउँमा स्थानीय सरकार आएसङै सडकबाटोको बिकासले गर्दा गोरेटो बाटो झोलुङे पुल जस्ता स्थानियबासिको महत्वपुर्ण साहारा ओझेलमा परेको हुनसक्ने जोसुकैले अनुमान लगाउन सकिन्छ ।
जनताको नजिकको सरकारको रुपमा स्थापित स्थानिय सरकार ले नै चासो नदेखाए यी र यस्तै खालका थुप्रै पुलहरु लथालिङ्ग अबस्थामा नपुग्ला भन्न सकिन्न ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया