
नेसपा (नयाँशक्ति) ले विशेष समारोह गरी १० औं स्थापना दिवस मनाउँदै

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आगामी जेठ ३० गते आफ्नो १०औं स्थापना दिवस राष्ट्रियसभा गृहमा विशेष समारोह गरी मनाउने भएको छ।
पार्टीका नेताहरूका अनुसार कार्यक्रमको तयारी तीव्र भइरहेको छ। स्थापना दिवस समारोहलाई भव्य बनाउन विशेष अतिथिहरूलाई आमन्त्रण गर्ने तयारी भइरहेको छ।
कार्यक्रममा वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दलहरू विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नेताहरूलाई निमन्त्रणा गरिने जनाइएको छ।
त्यस्तै, नागरिक समाजका अगुवा, बौद्धिक वर्ग र समाजमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुनेछन्। नेसपा नयाँ शक्तिले वैकल्पिक र अग्रगामी राजनीतिको वकालत गर्दै आएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराई नेतृत्वको यो पार्टीले जनतामा भरोसा जगाउने नयाँ राजनीतिक संस्कृतिको पक्षपोषण गर्दै आएको दाबी गर्दै आएको छ।
पार्टी नेताहरूका अनुसार स्थापना दिवसको अवसरमा विगत १० वर्षको राजनीतिक यात्रा, आगामी दिशा र वैकल्पिक शक्ति निर्माणका सम्भावनाहरू विषयमा छलफल हुनेछन्।
पार्टीका एक नेताले भने, ‘हामीले यसपटक स्थापना दिवसलाई केवल औपचारिकता नभई विचार र रणनीतिक संवादको थलो बनाउने प्रयास गरेका छौँ।’ कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि रहने जनाइएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया