दाङमा बस दुर्घटना हुँदा २५ भन्दा धेरै घाइते

दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते भएका छन्। आइतबार बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका- १३ बखरियामा ना १ ख ४००९ नम्बरको बस दुर्घटनामा परेकोजिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। ‘घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका प्रहरीले जानकारी दिएका छन्,’ डीएसपी शाहले भने।

दंगीशरणको गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस बखरिया ओरालोमा सडकबाट झण्डै पाँच मिटर तल खसेर दुर्घटना भएको हो।

घाइतेको उद्धारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरको कमाण्डमा प्रहरी परिचालन भएका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

प्रतिक्रिया

खबर सबै