

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोकिँदा एकजनाको मृत्यु, दुई विद्यार्थीसहित ६ घाइते



नवलपुर : देवचुली नगरपालिका वडा नं. २ स्थित दुम्कौली चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ बिरामी बोकेर आउँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ गइरहेको केउरेनीस्थित दिव्य एकेडेमी बोर्डिङ स्कुलको बा २० च ७२ नम्बरको भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी नायब उपरिक्षक मधु नेपालले बताए ।
दुर्घटनामा परी स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ निवासी ५२ वर्षीय कुल प्रसाद सुबेदी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै पुरानो मेडिकल कलेज, भरतपुर चितवन लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको नेपालले जानकारी दिए ।
दुर्घटनामा परि एम्बुलेन्समा सवार ३ जना बिरामी घाइते भएका छन्। घाइतेमध्ये रुपन्देही, बुटवल उपमहानगरपालिका–३ गोलपार्क निवासी ३६ वर्षीया लक्ष्मी राईको टाउकोमा चोट लागेको छ भने २५ वर्षीया इसु राई र २५ वर्षीया स्नेहा परियारको अनुहारमा चोट लागेको छ। तिनीहरुको अवस्था मध्यम रहेको र थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी,स्कुल भ्यानमा सवार दुईजना विद्यार्थीहरू देवचुली–१७ निवासी १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का सामान्य घाइते भएको र स्थानीय भविष्य पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया