

चिकित्सकमा कोरोना देखिएपछि जिल्ला अस्पताल अर्घाखाँची बन्द गरियो



कात्तिक २३ अर्घाखाँची
सात जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँचीको जिल्ला अस्पताल बन्द भएको छ ।
अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरि कुल १७ जनामा लक्षणसहितको कोरोना देखिएपछि प्रसूति र अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएको अस्पताले जनाएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर डा. गौतमले जानकारी गराउनुभएको हो ।
यसैबिच अर्घाखाँची जिल्लामा आज साँझ सम्म कोरोना संक्रमित हुनेको कुल संख्या ६०२ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सहायक प्रमूख जिल्ला अधिकारी विनोद खनालका अनुसार अर्घाखाँची जिल्लिामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ रहेको छ । उनीहरु मध्ये केहीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । यस्तै अर्घाखाँचीमा अहिले सम्म ५५७ जनाले कोरोनालाई परास्त गरि स्वास्थ्यलाभ लिईरहेका छन् । अहिले सम्म ७ जनाको मृत्यु भएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया