

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



रूपन्देही । बर्दियाको मधुवनमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अर्को एकजना गम्भीर घाइते भएका छन् ।
हुलाकी सडकखण्डअन्तर्गत मधुवन नगरपालिका-८ स्थित लालसिंहचोकमा शनिबार राति देवानन्द यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको टंकबहादुर बीसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा बर्दिया मधुवन नगरपालिका- ८ लालीबजारका ३२ वर्षीय बीसी र गुलरिया नगरपालिका-२ का यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र डमरपालले जानकारी दिए।
प्रहरीका अनुसार र्दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पताल गुलरियामा आइतबार उनीहरूको मृत्यु भएको हो।
दुर्घटनामा गुलरिया नगरपालिका-२ का ३३ वर्षीय अनुपम यादव गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।
रातको समयमा तीव्र गतिमा रहेका मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
प्रहरीका अनुसार गम्भीर घाइते अनुपम यादव देवानन्द यादवले चलाएको मोटरसाइकलको पछाडि सवार थिए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया