पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

कात्तिक २३ काठमाडौं ।
पत्रकार ऋषि धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा उहाँलाई कोरोना संक्रमण देखिएको हो ।
कन्ट्याक ट्रेसिङमा परेकाले चेक गर्दा आफूलाई कोरोना पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । अहिले आफू घरमै आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।पत्रकार धमलाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिँदै यो बीचमा उहाँसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रहसमेत गर्नुभएको छ ।नेपाली नेटवर्कबाट साभार

प्रतिक्रिया

खबर सबै