

रुरु क्षेत्रमा पहिलो पटक ‘शालिग्राम महोत्सव’



पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक दुई दिने शालिग्राम महोत्सव गरिएको छ ।
कालीगण्डकीमा पाइने शालिग्रामको प्रचार-प्रसार गर्ने उद्देश्यले रुरुधाममा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।
पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालय तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिले संयुक्तरुपमा महोत्सव सञ्चालन गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ सहयोग रहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यस्ता महोत्सवबाट धार्मिक पर्यटन प्रवर्द्धन हुने बताउनुभयो ।
महोत्सवमा एक हजार आठ शालिग्रामको पुजन, बिक्री, ऋषिकेशवको रथयात्रा, झाँकी र्यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा आरतीलगायतका कार्यक्रम भइरहेका छन् । हिजोदेखि शुरू भएको महोत्सव आज समापन हुनेछ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया