

६ जना रेडपाण्डाको छालासहित पक्राउ



कार्तिक २३,ई–साझाकुरा
महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ललितपुरको इमाडोलबाट छ जना पक्राउ गरेको छ।
महाशाखाको टोलीले ललितपुर महालक्ष्मीस्थान नगरपालिका–४ इमाडोलस्थित दीपक लिम्बूको डेराबाट छ जनालाई पक्राउ गरेको हो। टोलीले लिम्बूसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भई इमाडोल बस्ने सुनिल गोले, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ घर भई हाल भक्तपुर ठिमी बस्ने प्रकाश तामाङ, भोजपुर ट्याम्केमैयु गाउँपालिका–३ घर भई हाल ललितपुर टिकाथली बस्ने सनबहादुर राई र सिन्धुली तीनपाटन गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने अम्बरबहादुर तामाङ रहेका छन्।
उनीहरूको साथबाट तीन फिट तीन इञ्च लम्बाइ र १ फिट चौडाइ भएको रेडपाण्डाको एक थान छाला बरामद भएको महाशाखाले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय ललितपुर पठाईएको जनाएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया