
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका -७ बनगाईस्थित पारिजात ईङलिस बाेडिङ्ग स्कुलमा नतिजा प्रकाशन,पुरस्कार बितरण अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रमकाे शैक्षिक ब्यक्तित्व टीकाराम नेपालले उद्वाटन गरे ।
साेही अवसरमा बाेल्दै उनले २४बर्ष अघि उत्तरी क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको बिद्यालयले शैक्षिक बिकासमा ठुलो याेगदान पुर्याएकाे बताए ।हरेक बर्ष पारिजातमा अध्ययन गरेका बिद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बिद्यालयकाे प्रशंसाा गर्दै थप सफलताको शुभकामना ब्यक्त गरे।कार्यक्रममा बिद्यालयका अध्यक्ष बसन्तराज खनालले पारिजातले संस्कार र अनुशासनयुक्त जनशक्ति उत्पादनलाई जाेड दिदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे बताए ।
साथै उनले बालबालिकालाई घरमा समेत उचित बाताबरण बनाइदिन अभिभावकहरूलाई आग्रह गरे। बिद्यालयका प्राचार्य भाेजराज पाेख्रेलले यहाँका बिद्यार्थीहरू पठनपाठन सँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताए । यस्तै बिद्यालय सञ्चालक समितिका सदस्य यमलाल भट्टराई ,पुर्व बिद्यार्थी समेत रहेका अभिभावक अन्जित खनाल कराँते खेलका प्रशिक्षक अमित गरूङ लगायतले बाेल्दै पारिजातमा उत्कृष्ट शैक्षिक बाताबरण रहेको बताए ।
साेही अवसरमा शैक्षिक सत्र २०८१ बार्षिक परीक्षा,बिद्यालयले विभिन्न समयमा आयोजना गरेका र विभिन्न संस्थाद्वारा आयोजित अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरूमा उत्कृष्ट हुन सफल बिद्यार्थीहरूलाई ट्रफी ,मेडल प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो । यस्तै कक्षा नर्सरीदेखि नौसम्मका सम्पुर्ण छात्रछात्राहरूलाई प्राेत्हसान पुरस्कार बितरण गरिएको थियो । सञ्चालक समिति ,अभिभावक ,जनप्रतिनिधि ,शिक्षक कर्मचारी बिद्यार्थी लगायतकाे उपस्थिति रहेको थियो । यसैबीच कार्यक्रममा कक्षा १०कि छात्रा आशिका भारतीले सन्देशमुलक कबिता प्रस्तुत गरेकी थिइन् ।शिक्षिका उद्देश्य पराजुलीको स्वागत र सह प्रचार्य रमेश पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बिद्यालयले जनाएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया