
राजतन्त्र भूत हो, फर्किँदैन: बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेकाले फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । शनिबार जनकपुर पुगेका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फेरि पछाडि फर्किने कुरा सम्भव नभएको बताए ।
उनले भने, ‘लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ । राजतन्त्र भूत हो, भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ न त सम्भावना हुन्छ ।’
अध्यक्ष भट्टराईले आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुने गरेको आरोप लगाए ।
अब जनताले नेतामात्रै छान्ने नभई विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम व्यक्तिलाई अघि सार्नुपर्ने उनले बताए ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया