
सत्ता सहकार्य भए पनि ०८४ को निर्वाचनमा कांग्रेससँग आमनेसामने हुन्छौंः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेससँगको सत्ता सहकार्य २०८४ को चुनावसम्म निरन्तर रहने बताएका छन् । काठमाडौंमा जारी नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई समृद्ध बनाउन एमाले–कांग्रेसको सत्तासहकार्य ८४ सालसम्म निर्वाध ढङ्गले रहने दाबी गरेका हुन् । ‘एमाले–कांग्रेसबीच ८४ सम्म सत्तासहकार्य गर्ने सहमति भएको छ ।त्यसै अनुरूप सत्ता सहकार्य कायम रहन्छ,’– उनले भने ।
देशको कूभलो चिताउनेहरूले सरकार ढल्छ भनेर हल्ला चलाएको भन्दै उनले हल्लाले सरकार नढल्ने बताए । महासचिव पोखरेलले कांग्रेससँग ८४ सम्म सत्ता सहकार्य गर्ने तर चुनाव भने एक्लाएक्लै लड्नेसमेत बताए । झहामी ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य गर्छौ । ‘२०८४ को निर्वाचन हाम्रा लागि आफैंमा एउटा मिसन हो । नेपाली कांग्रेसले पनि मिसन ०८४ मा पार्टीलाई बलियो बनाउनका लागि भूमिका खेल्छ । हामी पनि आफने पार्टीलाई निर्णाय राष्ट्रिय शक्ति निर्माण गर्ने हिसाबले अगाडि बढ्दछौं । हाम्रो पार्टीले भनेको छ– आगामी निर्वाचन विना गठबन्धन आफ्नै बलबुतामा लड्नुपर्छ,’– उनले भने ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया