
ठूला काण्ड छानबिन गर्न समिति बनाऔंः गगन थापा

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा नागरिकहरूमा असन्तुष्टि बढेकाले यसलाई सरकार र नेताले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।
कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को बुधबार भएको क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अहिलेसम्म चर्चामा रहेका काण्डहरुको र नेताका सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढ्न तयार हुनुपर्ने बताए ।
सरकार र दलका नेताहरूले जनभावना बुझेर अगाडि बढ्नुपर्नेमा महामन्त्री थापाले जोड दिए ।
निराशाप्रतिको जनताको आक्रोशलाई राजावादीले घ्यू थप्ने प्रयास गरेको भन्दै उनले त्यसलाई समयमै सम्बोधन गरेर जानुपर्ने बताए ।
‘नागरिकहरूलाई के लाग्न थालेको छ भने यो देशमा यति धेरै राजनीतिक दलहरू भ्रष्टाचारमा डुबेका छन्, नेताहरू भ्रष्ट भएका छन्, भ्रष्टाचारको आहालमा डुबेका अनैतिकहरूको झुण्डले हामीलाई कुनै पनि समाधान दिन सक्दैन भन्ने लागेको छ’, महामन्त्री थापाले भने, ‘अख्तियार र सरकारले गरेका अनुसन्धानमा चित्त नबुझाउने भए संसदबाट उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सकिन्छ, एकले अर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा अवकाश प्राप्त कुनै प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरौँ । समितिले दोषी देखाएका सबैलाई मामा, काका, दाइ नभनी कारबाही गर्न तयार बनौं ।’
उनले गलत र भ्रष्टाचार गर्नेलाई नजोगाउने गरी यस्तो समितिलाई जिम्मेवारी दिएर अहिलेको निराशा चिर्नुपर्ने बताए ।
‘सबै नेताको सम्पत्ति पनि छानबिन गरौं र सबै काण्डको छानबिन गरौं, गल्ती गरेको रहेछ भने आमा परे पनि मामा परे पनि पाता कसेर लैजाऔैं, ठूला काण्डको छानबिन गरेपछि अहिलेको निराशा त्यसै कम हुन्छ’, उनले थपे ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया