
घर अघिको नालीमा डुबेर कपिलवस्तुको विजयनगरमा १५ महिने बालकको मृत्यु

कपिलवस्तु | घर अघि रहेको नालीमा डुबेर कपिलवस्तुको विजयनगर गाउँपालिका-७ मा १५ महिने बालकको मृत्यु भएको छ। स्थानीय महिपाल धोबीका छोरा हिमांशु धोबीको बाटो किनारमा रहेको नालीमा डुबेर मृत्यु भएको हो। घरका अभिभावक गुइँठा बनाउन गएका र घरमा कोही नभएको बेला उनी नालीमा खसेका थिए।
नालीमा ढक्कन नभएको र नालीको पानी विभिन्न ठाउँमा बाँधिएकाले पानी जमेको ठाउँमा बालक मृत्यु अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी गराए। शवको पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ।
दुई साताअघि सोही पाकिलामा बाल्टीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको थियो।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया