

छविलाल जोशीलाई थुनामा पठाउने आदेशमा कैफियत प्रतिवेदन माग


काठमाडौं । सुप्रिम सहकारी ठगी मुद्दामा गोर्खा मिडियाका तत्कालीन पूर्वउपाध्यक्ष डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशमा कैफियत प्रतिवेदन माग भएको छ।
सोमबार जिल्ला न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध उच्च गएका जोशीको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।
सुप्रिम सहकारीबाट लामिछानेका नाममा व्यक्तिगत २ करोड र जोशीका नाममा व्यक्तिगत २ करोड ५० लाख रुपैयाँ एकै प्रकृतिबाट रकम गएको अभियोगपत्रमा उल्लेख छ । दुवैमा कुनै प्रक्रिया पूरा नगरी ऋण प्रवाह गरिएको थियो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया