

सांसद अवकाशको उमेर हद तोक्नुपर्छ : डा. तोसिमा कार्की



काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद तोक्नुपर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् ।
संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद कार्कीले मान्छेको शारीरिक अवस्थालाई पनि ख्याल गरेर अवकाशको उमेर कानुनमा राख्नुपर्ने बताइन् ।
‘संविधानमा सांसदको योग्यताको विषय उल्लेख छ । २५ वर्ष उमेर पूरा भएको मान्छे सांसदको उमेदवार हुनसक्ने भन्ने छ । तर, ऊ कति वर्षसम्म सांसद हुन पाउने भन्ने कुरा लेखिनुपर्दैन ? एउटा मान्छे कतिपटक सांसद हुने, कति वर्षसम्म भइरहने हो ?.’ उनले भनिन्, ‘हाम्रो कानुनले व्यवस्था गरेको छैन, यो कानुनमै लेखिनुपर्छ जस्तो लाग्छ ।’
त्यस्तै, सांसद कार्कीले निर्वाचन प्रणालीमा सुधारको बहससँगै शासकीय प्रणालीको विषयमा पनि छलफल गर्नुपर्ने बताइन् । ‘संविधान संशोधनको कुरा चलिरहेको छ । अब निर्वाचन प्रणाली सुधारको बहससँगै शासकीय प्रणाली सुधारको बहस पनि सँगसँगै लैजानुपर्छ,’ उनले भनिन्. ‘हाम्रो पार्टीले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनिरहेको छ । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री भनिरहेको छ ।’


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया