

लुम्बिनी प्रदेशमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल बन्दै



कात्तिक १८, दाङ ।
लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ को बडहरा र राप्ती गाउँपालिका ३ को खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।
यो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर हुने छ । पुलमा जम्मा ११ वटा पिलर रहने छन्, जसमा फुटपाथका लागि पाँच वटा पिलर, पङ्खाका (साइड विङ) का लागि चार वटा पिलर र मेन ब्लकका लागि दुई वटा पिलर गरी जम्मा ११ वटा पिलर रहने छन् । प्रत्येक पिलरको गोलाइ सात सय ५० सेन्टिमिटर रहने छ भने प्रत्येक पिलरको गहिराइ पानीमुनि १६ मिटर रहने छ ।
पानीमाथि फुटपाथसम्मको पिलरको उचाइ १२ मिटर र फुटपाथदेखि माथि ३५ मिटर उचाइको पाँच वटा टावर रहने छन् । पहिलो पिलरदेखि दोस्रो पिलरसम्मको दुरी तीन सय ८१ मिटर र तेस्रो र चौथो पिलरको दुरी ९०र९० मिटरको दुरीमा रहने छन् । त्यसै गरी अन्य पिलरका दुरी ९९र९९ मिटर दुरीमा रहने छन् । यो पुल नेपालको तेस्रो लामो झोलुङ्गे पुलका रुपमा चिनिने भएको छ ।
नेपालमा पहिलो लामो झोलुङ्गे पुल महाकाली नदीमा बनेको दोधारा–चाँदनी हो, जसको लम्बाइ एक हजार चार सय ४० मिटर रहेको छ । दोस्रो लामो झोलुङ्गे पुल इलाम जिल्लाको माई खोलामा निर्माण भइरहेको छ, जसको लम्बाइ आठ सय २० मिटर रहेको छ । यी दुवै पुलको निर्माणको जिम्मा थानी निर्माण सेवा काठमाण्डौले पाएको छ ।
राप्ती नदीमा निमार्ण कार्य सुरु भएको झोलुङ्गे पुलको कुल लागत आठ करोड २७ लाख रहेको निर्माण सेवाका साइट इन्चार्ज विक्रम बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि डेढ वर्षमै निर्माण सम्पन्न गरिने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
बडहरा–खुरुरीया जोड्ने राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती नदी दक्षिणका गढवा गाउँपालिका १ बडहरा, बनघुस्री, बनबारी, चिमचिमे, पत्रिङ्गा, जेठानगाउँ, पचाहा र राप्ती नदी उत्तरका राप्ती गाउँपालिका ३ खुरुरीया, वसन्तापुर बागढड्डी, वडा नम्बर २ का कटाहा, लालमटिया, बराखुट्टी लगायतका स्थानीयलाई प्रत्यक्ष सुविधा पुग्नुका साथै लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको देउखुरी उपत्यका अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुनेछ ।
यो पुल निर्माण कार्य सुरु भएपछि आफूलाई धेरै खुसी लागेको बडहरा निवासी तथा तत्कालीन संविधान सभाका सभासद रश्मीराज नेपालीले बताउनुभयो । त्यस्तै २००७ सालदेखि, आफ्ना बाउबाजेको पालादेखि अहिलेसम्म डुङ्गा र पौडी खेलेर नदी पार गरेका दुर दिन अब हट्छन कि भन्ने आशा पलाएको खुरुरीया निवासी वरिष्ठ समाजसेवी एवम् राष्ट्रिय जनमोर्चाका नेता लालमणि शर्माले अभिव्यक्ति दिनुभएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया