

रास्वपा नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ



२५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भनी जवाफ माग्ने आदेश गरेको छ ।
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा भएका विषयप्रति परेको अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश गरेको हो ।
प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो ।
‘अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित पार्न खोजेको’ आरोपसहित उनले निवेदनमा कानुनी प्रक्रिया र फौजदारी न्याय प्रणालीमा अवरुद्ध पार्न खोज्ने रास्वपाका पदाधिकारीहरूलाई अवहेलनामा कारबाही हुनुपर्ने माग गरेका थिए ।
रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित बागमती प्रदेशका सभापति डा.अच्युतम लामिछाने, कार्यबाहक प्रवक्ता मनिष झा लगायत रवि लामिछानेबाहेक २० जना सांसदलाई अवहेलनाको निवेदनमा विपक्षी बनाइएको छ ।
अब विपक्षी बनाइएका रास्वपाका केन्द्रीय पदाधिकारी एवं सांसदहरूले सर्वोच्च अदालतमा लिखित जवाफ दिनुपर्नेछ । त्यसपछि मात्रै अवहेलनाको निवेदनमाथि सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया