
लुम्बिनीका मुख्यमन्त्रीको सल्लाहकारमा लक्ष्मणराज नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकारमा बर्दियाको गुलरिया नगरपालिका-४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन् ।
नेकपा (एमाले) बर्दिया इन्चार्जसमेत रहेका ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकार बनाएका हुन् ।
स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ-संस्थामा काम गरिसकेका छन् । पञ्चायतकालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवन बिताएका थिए ।
अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय युवा संघको राजनीति गरेका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पुर्याउन योगदान रहेको छ ।
लुम्बिनी प्रदेशलाई सबै हिसावले सफल बनाउने गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया