“भव्य र सभ्य मूर्ति विसर्जन: कृष्णनगरमा शान्तिपूर्ण सम्पन्न”

अजय मिश्र :कृष्णनगरसहित कपिलवस्तुका विभिन्न स्थानमा दुर्गा पूजाका मूर्तिहरूलाई आज भव्य र सभ्य तरिकाले विसर्जन गरिएको छ। धार्मिक परम्पराअनुसार नौ दिनसम्म भक्तिपूर्ण पूजा सम्पन्न गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो।

कृष्णनगर बजारबाट सुरु भएको यो यात्रा, स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको नेतृत्वमा नाचगान गर्दै मूर्तिलाई बजार परिक्रमा गरी नदी, ताल, र पोखरीमा विसर्जन गरिएको थियो। हजारौं भक्तजनहरूको सहभागितामा भएको यस विसर्जन यात्रामा सुरक्षाका लागि कडा व्यवस्था मिलाइएको थियो, जसमा प्रहरीको विशेष निगरानीका साथै ड्रोन क्यामेराको समेत प्रयोग गरिएको थियो।

सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, र विभिन्न आपतकालीन सेवाका साधनहरू तयारी अवस्थामा राखिएका थिए। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सुरज खत्रीका अनुसार २० भन्दा बढी स्थानबाट विसर्जन भएका मूर्तिहरू शान्तिपूर्ण रूपमा सम्पन्न भए।

नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, समाजसेवी सुनिल मोदनवाललगायतको नेतृत्वमा भएको यस कार्यक्रममा भक्तजनहरूको उत्साह उल्लेखनीय देखिएको थियो।

प्रतिक्रिया

खबर सबै