

वाणगंगा ९ मा २३.५ फिट त्रिशुल प्रतिष्ठान, कपिलवस्तुकै अग्लोको दाबी

नवराज बेल्वासे : विजया दशमी २०८१ को शुभ अवसरमा बाणगंगा नगरपालिका वडा नं. ९,भलवाडस्थित दुर्गा मन्दिरमा आज विशेष समारोह सहारा युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा २३.५ फिट अग्लो त्रिशुलको प्राण प्रतिष्ठान गरियो। यो त्रिशुल कपिलवस्तु जिल्लाको सबैभन्दा अग्लो त्रिशुल मानिएको छ ।
कार्यक्रममा सहारा युवा क्लबका अध्यक्ष बुद्ध रायमाझीले त्रिशुलको उचाइ २३.५ फिट रहेको जानकारी दिँदै, यसले धार्मिक तथा सांस्कृतिक महत्वलाई अझै सुदृढ बनाउने बताए। त्रिशुलको प्रतिष्ठान दुर्गा मन्दिरमा अष्टमीको दिन सम्पन्न भएको हो। २३ं.५ फिट अग्लो त्रिशुलको १.५ फिट जमिन मुनि गाडिएको छ भने जमिन सतहबाट त्रिशुलको उचाइ २२ फुट रहेको क्लवले जनाएको छ ।
यस अवसरमा वडाध्यक्ष कमल पौडेलले पनि त्रिशुलको महत्वलाई जोड दिँदै भने, “यो त्रिशुलले हाम्रो सांस्कृतिक सम्पदाको जगेर्ना गर्नेछ र आगामी पुस्तालाई हाम्रो धार्मिक आस्था सम्झाइरहनेछ। यस प्रकारका धार्मिक गतिविधिले समाजमा एकता र शान्ति प्रवर्द्धन गर्नेछन्।“
सहारा युवा क्लबले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेको क्लबका अध्यक्षले थपे। उनले भने हरेक कामको बिरोध मात्र होइन युवाले चाहे देश पुरै परिवर्तन गर्ने सक्ने तर फेसबुकमा स्टाटस हाले जस्तो सजिलो मैदानमा खडा भएर काम गर्ने गाह्रो रहेको रायमाझीले बताएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया