

वाणगंगा ९ मा २३.५ फिट त्रिशुल प्रतिष्ठान, कपिलवस्तुकै अग्लोको दाबी



नवराज बेल्वासे : विजया दशमी २०८१ को शुभ अवसरमा बाणगंगा नगरपालिका वडा नं. ९,भलवाडस्थित दुर्गा मन्दिरमा आज विशेष समारोह सहारा युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा २३.५ फिट अग्लो त्रिशुलको प्राण प्रतिष्ठान गरियो। यो त्रिशुल कपिलवस्तु जिल्लाको सबैभन्दा अग्लो त्रिशुल मानिएको छ ।
कार्यक्रममा सहारा युवा क्लबका अध्यक्ष बुद्ध रायमाझीले त्रिशुलको उचाइ २३.५ फिट रहेको जानकारी दिँदै, यसले धार्मिक तथा सांस्कृतिक महत्वलाई अझै सुदृढ बनाउने बताए। त्रिशुलको प्रतिष्ठान दुर्गा मन्दिरमा अष्टमीको दिन सम्पन्न भएको हो। २३ं.५ फिट अग्लो त्रिशुलको १.५ फिट जमिन मुनि गाडिएको छ भने जमिन सतहबाट त्रिशुलको उचाइ २२ फुट रहेको क्लवले जनाएको छ ।
यस अवसरमा वडाध्यक्ष कमल पौडेलले पनि त्रिशुलको महत्वलाई जोड दिँदै भने, “यो त्रिशुलले हाम्रो सांस्कृतिक सम्पदाको जगेर्ना गर्नेछ र आगामी पुस्तालाई हाम्रो धार्मिक आस्था सम्झाइरहनेछ। यस प्रकारका धार्मिक गतिविधिले समाजमा एकता र शान्ति प्रवर्द्धन गर्नेछन्।“
सहारा युवा क्लबले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेको क्लबका अध्यक्षले थपे। उनले भने हरेक कामको बिरोध मात्र होइन युवाले चाहे देश पुरै परिवर्तन गर्ने सक्ने तर फेसबुकमा स्टाटस हाले जस्तो सजिलो मैदानमा खडा भएर काम गर्ने गाह्रो रहेको रायमाझीले बताएका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया