

लुम्बनीका मुख्यमन्त्रीको अवधारणा : ‘घुमौँ लुम्बिनी’

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ ।
विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताएका छन् ।
प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौँ लुम्बिनीको अवधारणा अघि बढाएको हो ।
मुख्यमन्त्री आचार्यले ‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको भन्दै पर्यटनबाट नै नागरिकलाई स्वरोजगार बनाउन सकिने उल्लेख गरेका छन् । नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको सन्देशमा उनले उल्लेख गरेका छन् ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीयस्थलमा पुर्याउन लुम्बिनी पर्यटन परिपथ बनाउनेगरी सरकारले काम थालेको बताउँदै उनले सन्देशमा ‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल, पहाड र समथर भूभाग अनि अन्नको भण्डार पनि यहीँ छ । ‘मिनी’ नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ ।
‘विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायत क्षेत्र यहाँको पर्यटन प्रवर्द्धनका आधारस्तम्भ हुन् ‘, भनेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया