आईपिएल : मुम्बईलाई दिल्लीको सामान्य लक्ष्य

कार्तिक १५ काठमाडौं ।
१३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्‌वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १११ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनायो । दिल्लीका लागि श्रेयश अय्यरले सर्वाधिक २५ रनको योगदान गरे ।
त्यस्तै ऋषभ पन्तले २१ रन बनाउँदा रवीचन्द्र आश्विन र कगिसो रवाडाले समान १२(१२ रनको योगदान गरे ।

बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्ट र जसप्रित भुम्राहाले समान तीन(तीन विकेट लिए । त्यस्तै नाथन कोट्रेल र राहुल चहारले समान एक(एक विकेट हात पारे ।

आजको खेलमा दिल्ली जित निकाल्दै आफूलाई प्लेअफमा स्थान बनाउने योजनामा छ । दिल्ली १२ खेलबाट १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको मुम्बईको १६ अंक छ । मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको खेलमा जित निकाल्दै मुम्बई आफूलाई शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने टिमका रुपमा स्थापित गर्ने योजनामा छ ।

प्रतिक्रिया

खबर सबै